
बझाङ / बझाङमा एक जना पुरूष सेती नदीमा डुबेर बेपत्ता भएका छन् ।
डुबेर बेपत्ता हुनेमा जिल्लाकाे मष्टा गाउँपालीका – ४ आग्रा बस्ने अन्दाजी ४७ बर्षिय सुरेन्द्र कठायत रहेकाे बझाङ प्रहरीले जनाएकाे छ ।
उनी आज (शनिबार ) बेलुकी साढे ४ बजे नदीमा बेपत्ता भएका हुन् । कठायत जालथौडा भन्ने स्थानमा सेती पारी रहेको गाइको बाच्छिलाइ नदी वारी तार्न नदिमा गएका थिए । पौडि खेलेर सेती नदी पार गर्ने क्रममा डुबेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय बझाङकाे अनुसन्धानबाट खुल्न आएकाे छ ।
बेपत्ता कठायतकाे प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्