डाेटी / सुदुरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा एमाले डाेटीका अध्यक्ष माननीय चक्र मल्ल जनताकाे घरदैलाेमा पुग्न सुरु गरेका छन् ।
डाेटी जिल्ला प्रदेश निर्वाचन क्षेत्र क बाट प्रत्यक्ष निर्वाचित भएका माननीय मल्ल हिन्दुहरुकाे प्रमुख चाड दशै तिहारकाे अबसर पारी जनताकाे घरदैलाे कार्यक्रममा जुटेका हुन् । विजया दशमी तथा शुभ दिपावलीकाे शुभकामना आदानप्रदानका साथै जनताहरुकाे पिरमर्का बुझ्न प्रदेश सभासदस्य घरदैलाेमा जुटेकाे उक्त पार्टीका एक नेताले जानकारी दिएका छन् । प्रदेश सभा सदस्य मल्ल घरदैलाेमा पुग्दा स्थानियले खुशीहुदै फुलमाला खादाले भव्यस्वागत गरेका छन् ।
घरदैलाे गर्ने क्रममा केही दिन आफ्नाे गृहपालीका आदर्श गाउपालिका विभिन्न टाेलबस्तीहरुमा पुगी जनताकाे पिरमर्का बुझेका हुन् भने, आज शिखर नगरपालिकाका केही बडाहरुमा पुगेका हुन् । घरदैलाेका क्रममा व्यक्ति व्यक्ति भेटघाट संगै केहि स्थानमा सामुहिक छलफल समेत गरि जनताकाे गुनासा तथा मागहरु प्रदेश सभा सदस्य मल्लले सुन्नु भएकाे उक्त पार्टीका स्थानिय नेताले बताएका छन् ।
मल्लले आफू निर्वाचित हुनु पुर्व पनि जनतासंगै बसेकाे र अहिले पनि जनताकाे ईच्छा चहाना अनुसार नै आफ्नाे कार्यसम्पादन गर्ने बताएका छन्। आफुले मतदान गरि विजय गराएका माननीय आफ्नाे घरदैलाेमा पुग्दा आफुहरुलाई खुशी लागेकाे स्थानियहरुले बताएका छन् ।