
मोहन ठकुल्ला / डोटीको शिखर नगरपालिका वडा नं. ६ तिलताली अबस्थित सेती नदीमा एक नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
बिहीबार साँझ करिव ५ः३० बजेको समयमा सेती नदीमा उक्त शव भेटिएको प्रहरीले जनाएको छ । नदिको पानी जमेको ठाउँमा शिशुको शब फेला परेको उक्त कार्यालयका प्रहरी निरीक्षक सिताराम बिष्टले बताए ।
बेवारिसे अबस्था भेटीएको उक्त नबजात शिशु अन्दाजी ८–९ महिनाको भएको र शिशु छोरो भएको प्रहरीले जनाएको छ । नदिमा उक्त शब कसरी आयो, कस्ले किन र कसरी फालेको हो भन्ने कुराको अहिले नै एकिन हुन नसकेको निरीक्षक विष्टले बताए ।
अहिले उक्त शब जिल्ला अस्पताल डोटीमा राखिएको छ । भोलि (आइतबार) उक्त शबको पोष्टमार्टम हुने र घटनाका बिषयमा खोज अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक विष्टले बताए ।