कैलाली / मोटरसाइकलको ठक्करबाट कैलालीमा एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको गौरीगंगा नगरपालिका– २ कटान बस्ने ७३ वर्षीया पावनी देवी साँउद रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
मृतक साउदलाई शुक्रवार बिहान साेहि ठाउँ झिलमा भे.७ प ५३८१ नम्बरको मोटरसाइकलले ठक्कर दिएकाे थियाे । उक्त माेटसाइकलकाे ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन ।
उनकाे निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
साउदलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी स्राेतले जनाएकाे छ ।