
डाेटी / आज आज सुदुरपश्चिम र लुम्बिनी प्रदेशकाे माैसम गडबडी रहेकाे छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने भएकाे छ ।
आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाे छ । सुदुरपश्चिम र लुम्बिनी प्रदेश बाहेक हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने भएकाे छ ।
तर आज राती पनि देशभर आंशिक बदली रहि मौसम सामान्यतया सफा रहने भएकाे बलुलेटिनले जनाएकाे छ ।
आगामी २४ घण्टामा भने देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएकाे छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि माैसम पूर्वानुमान महाशाखाले बुलेटिनमा उल्लेख गरेकाे छ । तसर्थ वर्षा, चट्याङ्ग र हिमपातको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुराेध पनि गरेकाे छ ।