कञ्चनपुर/ कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद गरिएकाे छ ।
आज ( शुक्रबार ) जिल्लाकाे भीमदत्त नगरपालिका–४ बसपार्क र गोवरियाबाट भन्सार छलीका सामान बरामद गरेकाे कञ्चनपुर प्रहरीले जनाएकाे छ ।
उक्त भन्सार छली सामान करिब ७ लाख ३७ हजार ७५० मुल्य बराबरका बरामद गरेकाे छ । सामानहरूमा लेडिज सुट, कुर्ती सेट, कोटको कपडा तथा खाद्य सामग्री, चिनी, मिश्री, गुड लगायत अबैध सामान रहेका छन् ।
उक्त सम्पूर्ण समानहरू दुई स्थानबाट बेवारिसे अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।