
दार्चुला / दार्चुलाकाे महाकाली नगरपालिका- ४ खलंगा स्थित महाकाली नदी किनारमा एक पुरुष मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा जिलणलाकाे दुहुँ गाउँपालिका-२ हिकिलाका ४५ वर्षीय जयराम टमटा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।
मृतक टमटाकाे साथमा बाल्टीमा कपडा समेत भेट्टिएको प्रहरीले जनाएकाे छ । उनी महाकाली नदीमा सरसफाई गर्न गएको हुन सक्ने प्रहरीकाे प्रारम्भीक अनुमान रहेकाेछ । घटनाको बारेमा थप अनुसन्धान भैरहेकाे छ ।