![](https://supaonline.com/wp-content/uploads/2023/10/IMG_20231027_135536.jpg)
बझाङ / इजरायलमा प्यालेस्टाइन हमास समुहको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये मृतककाे शव ल्याउने कार्य जारी रहेकाे छ ।
त्यस्तै आज (शुक्रबार ) बझाङ जिल्ला जयपृथ्वी–११ भोपुरका गणेश कुमार नेपालीकाे शव जन्म घर पुर्याइएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।
उनको शव त्रिभुवन विमानस्थलमा हिजै पुगेकाे थियाे । हिजै (बिहीबार ) त्यसपछि शव वाहन मार्फत् धनगढी ल्याएकाे थियाे । धनगढीबाट फेरि अर्को शव वाहन मार्फत् आज बझाङ पुर्याएकाे बझाङ जिल्ला प्रहरी कार्यालय प्रहरी नायक उपरीक्षक (डिएसपी ) भरत बहादुर शाहले सुप अनलाइनलाई जानकारी दिएका छन् ।
मृतक नेपालीकाे शव बझाङमा आज दिउसाे करिव १ बजेतिर पुगेकाे डिएसपी शाहले जानकारी दिएकाे छ । शव पुगेसँगै आफ्न्तकाे जिम्मा लगाइसकेकाे छ । साथै नेपालीकाे अन्त्यष्टि आजै गरिने प्रहरीले जनाएकाे छ ।
उनकाे शव वाहनको भाडा सरकारले व्यहोर्ने बताइएको छ ।
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइसकेकाे छ । तर बाँकी पाँच जनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएकाे छ । अन्य शव पनि छिट्टै ल्याउने काेशिश भैरेकाे नेपाल सरकार परराष्ट्र मन्त्रलयले जनाएकाे छ ।
अहिलेसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे छ ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् विद्यार्थीहरू इजरायल गएका थिए ।
उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्क विहीन रहेका मन्त्रलयले जनाएकाे छ ।