कैलाली / कैलालीमा नदिमा डुबेर दुई बालकको मृत्यु भएको छ।
बिहीबार साँझपख साढे पाँच बजे जिल्लाकाे बर्दगोरीया गाउँपालिका – ६ स्थित काँडा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएकाे हाे ।
मृत्यु हनेमा बर्दगोरीया गाउँपालिका – ६ का दीपक मल्लका ६ वर्षीय छोरा दिपसन मल्ल रहेका छन् भने सोही ठाउँका योगेन्द्र मल्लका ७ वर्षीय छोरा आयुष मल्ल रहेकाे ईलाका प्रहरी कार्यालय कैलाली सुखडले जनाएकाे छ ।
बालकहरूकाे शव नदी क्षेत्रमा पानी जमेको गहिरो भागमा भेटिएको हाे । मृतककाे शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाईएको प्रहरीले जनाएकाे छ ।