युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा, । पहिलेका पुस्ताले बनाएका बाजुरामा धर्मशाला लोप हुँदै गएका छन् । नुनु, तेल ल्याउनका लागि हाट जाने बेला हटारुलाई बास बस्न सहज हुने गरी बनाएका धर्मशाला पछिल्लो पुस्ताले खासै चासो नदेखाउँदा लोप हुँदै गएका हुन् ।

त्रिवेणी नगरपालिका वडा नं –८ का दिनेश सार्कीले, पहिलेका पुस्तालाई दैनिक उपभोग्य सामाग्री ल्याउन झन्डै दुई हप्ता लाग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो , “ती हटेरुहरुलाई बास बस्न सहज हुने गरी गाउँका धर्मीहरूले गोरेटो , घोरेटो बाटोको बिच बिचमा धर्मशाला निर्माण गर्ने गरेको बताउनुभयो ।”

मनमा शान्ति हुने र पछिल्लो पुस्ताका लागि पनि राम्रो सन्देश दिने गरी गाउँका अगुवाले जिल्लाका विभिन्न ठाउँका बाटोमा धर्मशाला बनाउने गरेको सार्की बताउनुभयो । पहिलेका मानिस साइतमा जाँदा बाटोमै रात परेपछि त्यसै धर्मशालामा बास बस्ने गथ्र्ये ।

यसले गर्दा एकतर्फ पैसा बचत हुन्थ्यो भने अर्को तर्फ सुरक्षित हुने गरेको यहाँका जेष्ठ नागरिक बताउँछन् ।बाजुराका विभिन्न ठाउँमा देखिने  धर्मशाला अहिले बिस्तारै लोप हुँदै गएका छन् । बाजुराको पोरखेलेख , पौवा , नागेश्वरी , अछामको बुढामगर टोटासाल लगायतका धर्मशाला समेत पछिल्लो समयमा लोप हुँदै गएका छन् ।

अहिले ती अधिकांश धर्मशालाको नाम निसान छैन । ती धर्मशाला केही ध्वस्त भएका छन् भने केही अहिले पनि भग्नावशेष अवस्थामा रहेका छन् । बाजुराको पोरखेलेखमा रहेको धर्मशाला पनि अहिले भग्नावशेष अवस्थामा देखिएको छ । 

जिल्लाको पूर्व उत्तर क्षेत्रमा रहेका हिमाली , जगनाथ , स्वाकिकार्तिक खापर , बूढी नन्दा लगायतका स्थानीयहरूलाई हाट जाँदा रात परेपछि त्यसैमा बास बस्ने गरेको पाण्डुसैनवासी बताउँछन् । बाबु बाजेहरूले हाट ल्याउन जाने आउने हटारु अर्थात् बटुवाका लागि बास बस्न सहज हुने गरी धर्मशाला बनाएको थियो । अहिले गाउँमा गाडी पुगेसँगै यो धर्मशाला पनि भग्नावशेष अवस्थामा रहेको बुढी नन्दा नगरपालिका –९ का स्थानीय पदम रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुस्ताले भारतको टनकपुर नेपालको राजापुर , दिपायल डोटीबाट हाट ल्याउने समय बास बस्न सहजताका लागि बनाएका धर्मशाला पछिल्लो पुस्ताले चासो नदेखाएकोले बिस्तारै लोप हुँदै गएका हुन् ।”

पहिला बाजुराको सबै सरकारी काम काज दिपायल , डोटी नै हुने  गर्थ्यो । त्यति बेला यहाँका स्थानीय सो काम लागि दिपाय नै जाने गथ्र्ये । त्यहाँ जाने आउनेहरूलाई बाटोमा बस्न सहज हुने गरी पुस्ताले विभिन्न ठाउँमा धर्मशाला बनाउने गरेको रोकायाले बताउनुभयो । पछिल्लो समय देशमा विकास भएसँगै गाउँमा बस्तीमा मोटर बाटो जोडिँदै गएपछि धर्मशाला पनि बिस्तारै लोप हुँदै गएका छन् ।

पहिलेका पुस्ता घरबाट आउँदा हाटबाट फर्किदा जहाँ धर्मशाला छन् त्यति सम्म अनिवार्य पुग्ने गरी हिँड्ने गथ्र्ये । घरबाट डोकोमा सामल बोकेर लिने गथ्र्ये । उनीहरू टनकपुर, राजापुर दिपायल लगायतका विभिन्न ठाउँबाट हाट ल्याउन गएको बेला त्यही धर्मशालामा खाना पकाएर खाने त्यसैमा बास बस्ने गथ्र्ये ।

धर्मशालामा जो पहिला पुग्यो त्यो राम्ररी बास बस्न पाउँथ्यो भने पछि पुग्नेहरू त्यो धर्मशालाको आडले पनि बाहिर पट्टी बास बस्ने गथ्र्ये । हाटमा जाने बेला रात परेपछि चोर डाँका तथा जङ्गली जनावरबाट बच्न सहज हुने गरी समाजका अगुवा अर्थात्  धर्मीहरूले बाटो बाटोमा धर्मशाला बनाउने गथ्र्ये ।

अहिले आफू गाडीमा आउँदा कहिले काहीँ ती जीर्ण बनेका धर्मशाला देखिने गर्दछन् । आफूलाई त्यो स्मरण पनि आउँछ । इतिहास जीवित पार्नका लागि अहिलेको स्थानीय सरकारले त्यस्ता पुराना पुस्ताले निर्माण गरेका भौतिक संरचनाहरू जीवित राख्नु पर्ने हो । 

उल्टै धर्मशाला भत्काएर त्यसैमा गाडी सडक बनाएर ध्वस्त पार्ने गरेको रोकायाले बताउनुभयो ।
गाेरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय