
कैलाली / कैलालीमा माेटरसाइकलले एक वृद्धलाई ठक्कर दिएकाे छ ।
जिल्लाकाे चौमालामा मोटरसाइकलले ठक्कर दिँदा वृद्धा गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा गौरीगंगा नगरपालिका–२ झिल बस्ने ७३ वर्षीया पावनी देवी साउद रहेकाे इलाका प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
साउदले सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको प्रहरी अनुसन्धानबाट खुल्न आएकाे छ । घाइते साउदलाई उपचारकाे लागि धनगढी पठाइएको छ।
उक्त मोटरसाइकल र चालकको खोजी भइरहेको छ ।