
बझाङ / बझाङमा अज्ञात व्यक्तिद्वारा आधारभूत स्वास्थ्य केन्द्र ताेडफाेड भएकाे छ ।
बुधबार राती (कार्तिक ८) जिल्लाकाे सुर्मा गाउपालिका -२ धनिधारा अबस्थित आधारभूत स्वास्थ्य केन्द्र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।
उक्त आधारभुत स्वास्थ्य केन्द्रको झ्याल फुटायर कम्प्युटरको सिपिउ लगायत ओैषधीमा क्षति पुर्याएकाे छ । साथै परिवार नियोजनका अस्थाइ साधन ३ बट्टा ढाल लगेकाे आधारभूत स्वास्थ्य केन्द्रले जनाएकाे छ ।
उक्त स्वास्थ्य केन्द्र तोडफोड गर्ने ब्यक्ति अज्ञात रहेकाले थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।
यस अगाडि पनि २ पटक वडा कार्यालय तोडफोड भएकाे प्रहरी अनुसन्धानबाट खुल्न आएकाे छ ।