
माेहन सिं ठकुल्ला
सिलगढी,
कैलाली / कैलालीमा गाडीको ठक्करबाट एक महिलाको मृत्युु भएको छ ।
मृत्यु हुनेमा गाेदावरी नगरपालिका – ९ बल्मी की ६१ वर्षिय मना देवी रावल रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले सुप अनलाइनलाई जानकारी दिएकाे छ ।
हिजाे (बुधबार ) साँझ करिव साढे नाै बनेकाे समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका-६ को बनबेहडामा नम्बर नखुलेको गाडीले ठक्कर दिदा रावल गम्भीर घाइते भएकी थिइन् । घाइते रावललाई राती नै उपचारका लागि धनगढी लगिएको थियाे । उनकाे उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायक उपरीक्षक (डिएसपी) कुलदिप चन्दले जानकारी दिएका छन् ।
मृतक मना देविकाे मानसिक सन्तुलन बिग्रेकाले कहिले कतै कहिले कतै बाहिर हिडडुल गरिरहने प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।
घटनाबारे विशेष अनुसन्धान भैरहेकाे डिएसपी चन्दले सुप अन्लाईनलाई जानकारी दिएकाे छ ।