बैतडी /बैतडीमा भिरबाट लडेर एक जना गम्भीर घाइते भएका छन् ।
जिल्लाकाे सिगास गाउँपालिका -२ कोटेलाका ५० वर्षीय हिरा धामी गम्भीर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
बुधबार साँझिखकाे समयमा घाइते धामी खोल्टीस्थित पुटुके लुहारको घरबाट कुटो,कोदालो,हसियामा धार लाएर फर्किरहेकाे क्रममा गाजरी-धौलाडी भित्री सडकबाट लडेकाे प्रहरीले जनाएकाे छ ।
धामीकाे टाउको,घाँटी र घुँडामा गम्भीर चोट लागेको छ । उनलाई उपचारको लागि धनगढी रेफर गरिसकेकाे छ ।
त्यस्तै यस मंगलबार जिल्लाको पाटन नगरपालिका ५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द र सोमबार पाटन नगरपालिका ४ कुणीका ५० वर्षीय वीरसिंह विष्टको पनि भीरबाट लडेर मृत्यु भएको थियो ।