डाेटी / आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने भएकाे छ ।
हाल (विहीबार) नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जानकारी दिएकाे छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज राती पनि देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । तराई क्षेत्रमा भने आज माैसम सामान्य रहने जनाएको छ ।
आगामी २४ घण्टामा देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तसर्थ वर्षा, चट्याङ्ग र हिमपातको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन माैसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत अनुराेध गरेकाे छ ।