अछाम /अछाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।
दुर्घटनामा परेर मृत्यु हुनेमा मंगलसेन नगरपालिका -१३ का आन्दाजी ४७ वर्षीय दिनेश थापा रहेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ । आज (बुधवार) साँझ साढे पाँच बजेतिर जीप दुर्घटना परेर थापाकाे घटनास्थमै मृत्यु भएकाे हाे ।
साेहि ठाउँ बाँउबट्टामा सुदुरपश्मि प्रदेश ०१००१ ज १३१० नम्बरको जीपमा चालकसहित १२ सवार यात्रु रहेका थिए ।
१२ जना मध्य ११ जना सवार यात्रु सकुशल रहेका छन् ।
दुर्घटनाकाे कारण भने उकालो चढिरहेकाे जिपको ब्रेक फेल भएपछि दुर्घटनाकाे डरले पछाडि सवार रहेका थापाले हामफालेर साेहि गाडीकै टायर मुनी च्यापिएर मृत्यु भएकाे अछाम प्रहरी अनुसन्धानबाट खुल्न आएकाे छ ।
गाडी दुर्घटनापछि जीप चालक फरार रहेका छन्।