शुशीला पन्त / सुदुरपश्चिम प्रदेशका तिन ओटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पिसिआर परिक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार तीन सय १८ पुगेको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पाँच सय ७ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । डडेल्धुरा प्रयोगशालामा १ सय २७ जनाको पिसिआर परीक्षण गरिएकोमा ४ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए । डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टाको परिक्षणमा एक जनालाई पनि कोरोना संक्रमण देखिएको छैन ।
विश्वभरमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट संक्रमण भएका मध्ये ५ हजार ३ जना डिस्चार्ज भएका छन् भने प्रदेश भरमा अहिले सम्म कोरोनाका कारण १४ जनाको मृत्यु भईसकेको छ । कोरोना रोकथाम तथा यसको संक्रमण फैलन नदिन प्रदेशका विभिन्न जिल्लाहरुमा निधेषआज्ञा भने जारी नै रहेको छ ।