युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा / बाजुराका भूकम्प पीडितका लागि यती बेलाको दसैं खल्लो बनेको छ । गत असोज १६ गते आएको भूकम्पले बाजुराका अधिकाशं स्थानीयवासी अहिले त्रिपालको बास गरिरहेका छन् ।

सधैँ सेतो माटोले घर लिपपोत गरेर दसैं मनाउने गरेका उनीहरुको यतिबेला आकाशमुनि त्रिपालको बास भएकाले दसैं खल्लो बनेको हो ।

गत वर्ष घरमा राम्रोसँग बसेर दसैं मनाउँदा रमाइलो भएको थियो । यो वर्ष भूकम्पले घर भत्काएर त्रिपालको बसा गराएपछि दसैं खल्लो बनेको खप्तड छेडेदह गाउँपालिका –५ डोगडीका जित सार्कीले बताए ।

उनले भने, “असोज १६ गते गएको भूकम्पले घरबारविहीन बनाएपछि अहिले खुल्ला आकाशमा बास बसेका छौ । यती बेला दसैं तिहारमा रमाइलो गर्नु त के बिहान बेलुकाको छाक पनि कसरी टार्ने भन्ने निकै चिन्ता छ ।”

गत वर्षको बाढीले जमिन बगायो । यो वर्षको भूकम्पले घर भत्कायो । अब न जमिन रह्यो न त घर नै रह्यो । यो अवस्थामा अब के खाने र कहाँ गएर बास बस्ने भन्ने चिन्ता लागेको बेला दसैं खल्लो बन्दै गएको सार्कीले बताए।

गत वर्षको माघमा आएको भूकम्पले बाजुरामा धेरै घर क्षति भएका थिए । यो वर्षको असोज १६ गते गएको भूकम्पले पनि  धेरै घर छानामा ठूलो क्षति गरेको छ ।

गत बर्खाको समय बाजुराका अधिकांश स्थानीय निकायमा सुचारु हुने सडक पुलसमेत बाढीपहिरोका कारण तहसनहस भएका थिए ।

सडक स्थानीय सरकारले दसैं अगावै सुचारु गरे पनि भूकम्प पीडितको भने अझैँ बसोवासका लागि कुनै व्यवस्था गर्न सकेको छैन ।

भूकम्पले बाजुरामा १२६ पूर्ण १७६ आशिक र ३०७ घर सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।

बाजुराका भूकम्प पीडितलाई व्यवस्थापन गर्ने गरी जिल्ला प्रशासन कार्यालय बाजुराले गृह मन्त्रालयसँग समन्वय गर्दै आएको जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । याे समाचार गोरखापत्रले छापेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय