रुपन्देही / दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ।
दुर्गामुर्ति विसर्जन गर्न जादा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरीले जनाएकाे छ ।
सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको प्रहरीले जनाएकाे छ । बेपत्ता भएका सन्तकुमारको खोजी भइरहेको छ ।
उक्त गाउँपालिकामा पर्ने दानव र तिनाउ नदीको संगममा दुर्गा मूर्तिहरू विसर्जन गर्दैगर्दा उक्त घटना भएकाे हाे ।