युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं / दशैं भन्ने बित्तिकै धेरैले रातो टिका र जमरालाई सम्झने गर्छन। विजयादशमीको दिन मान्यजनले आर्शीवादसहित रातो टीका र जमरा लगाएर मान्यजनहरुबाट आशीर्वाद लिने दशै‌काे सामाजिक तथा धार्मिक महत्व रहेको छ।

दशैंमा जमराको जति महत्व छ स्वास्थ्यको हिसाबले पनि जमराको उत्तिकै महत्व रहेको छ। जमरामा सूर्यको प्रकाश नपर्ने हुँदा क्लोरोफिल तत्व हुँदैन। नियमितरुपमा जमराको अचार, सलाद, तरकारी, जुस सेवन गर्नाले हाम्रो शरिरमा आवश्यक पर्ने विभिन्न तत्वहरु पाइन्छ । पहेलो जमरा एक महत्त्वपूर्ण आयुर्वेदिक औषधि हो, जसले स्वास्थ्यका लागि निकै फाइदा पुर्‍याउँछ।

जाैगहुँको जमरा प्राचीनकालदेखि नै लोक तथा आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुँदै आएकाे छ ।जमरामा विशेषगरी भिटामिन, खनिज, एमिनोएसिड आदि पाइन्छ । जमराले कलेजमा भएको विषाक्त पदार्थलाई हटाउन र ठूलो आन्द्रा सफा गरी शरीरमा स्फूर्ति बढाउन, पाचन शक्ति मजबुत बनाउन, रगत सफा राख्न मद्दत गर्छ ।

क्यान्सरको उपचार लगायत विभिन्न किसिमका भिटामिन, इन्जाइम, खनिजलगायत महत्वपूर्ण तत्व हुन्छ । रोग प्रतिरोध क्षमता बृद्धि गर्ने गुण र मासुभन्दा बढी प्रोटिन एवं शरीरमा चोटपटक लाग्दा छिटो निको गराउने हुनाले मधुमेहलाई फाइदा गर्छ। यस्तै जमरामा प्रशस्त मात्रामा कार्बोहाइड्रेड, प्रोटिन पनि पाउने गरिन्छ। ससले गर्दा जमरा दशैंमा धार्मिक हिसाबले जति महत्वपूर्ण छ। स्वास्थ्यको हिसावले पनि उत्तिकै महत्वपूर्ण रहेको पाइन्छ।

जमराको जुसमा भिटामिन ए, बी, सी, ई, थाइमिन,  फलाम, पोलीफिनोल, क्लोरोफिल तथा खनिज प्रसस्त पाइन्छ। जसले कलेजोको विषाक्त हटाउँछ, साथै आन्द्रा सफा गर्न मद्दत गर्छ।

यस्तै शरीरमा रगतको मात्रा बढाउन र रगत शुद्ध गर्न उपयोगी छ। रगतमा सुगरको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ जसले गर्दा सुगरका बिरामीको लागि जमराको जुस सेवन गर्नु धेरै राम्रो मानिन्छ।

यसका साथै युरिक एसिड र उच्च रक्तचाप कम गर्न,आँखाको ज्योति बढाउँछ । अनुहारको कालो पोतो, दाग हटाउन मद्दत गर्दछ । क्लोरोफिल मुटुको धमनीलाई स्वस्थ राख्न सहयोग गर्छ। तर जमराको जुस सेवन गर्दा चिकित्सको सल्लाहमा मात्रै सेवन गर्नु पर्छ।

जमराको जुस सेवन गर्दा उमेर अनुसार सेवन गर्नुपर्छ। प्रौढका लागि ३० देखि १०० मिलिलिटर उपयुक्त हुन्छ। यसको सेवन सकेसम्म खाली पेटमा बिहान तथा बेलुका गर्ने गरिन्छ। रक्तअल्पता, ठूलो आन्द्राको घाउ, कब्जियत, मोटोपन, मधुमेह (चिनी रोग), असन्तुलित चिल्लोपन, उच्चरक्तचाप, अर्बुद, ल्युकेमिया, मुख, घाँटी, प्रोस्टेट, स्तनको समस्या, माइग्रेन, तनाव, अनिद्रा, थाइराइडको गडबडी, महिनावारीको गडबडी, वाथ, जोर्नी दुखाई, छाला  तथा कपालको रोग भएकाहरूका लागि धेरै पाइदा गर्छ।

यस्तै, जमराको जुसले  शरीरको वृद्धि तथा निर्माणमा मद्दत गर्छ। बुढ्यौली रोक्न, घाउ निको पार्न र विषाक्त पदार्थलाई निस्कासन गर्न पनि सहयोग गर्छ। अध्ययनका अनुसार केमोथेरापी तथा रेडियोथेरापीको असर कम गर्न पनि नियमित जमराको जुस सेवन गर्नाले सहयोग गर्छ।

मात्रा: २०-३० मि. लि. दिनमा १ वा २ पटक खालि पेटमा। वा चिकित्सकको सल्लाह बमोजिम खाने गर्दा धेरै राम्रो हुने वरिष्ठ आयुर्वेदिक चिकित्सक डा. राजेन्द्र गिरी बताउन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय