
डोटी / पछिल्लो २४ घण्टामा मुलुक भर गरिएको पिसिआर परिक्षणमा थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या पछिल्लो २४ घण्टामा परिक्षण भएका कुल नमुनाको करिब १० प्रतिशत हो ।
बुधबार देशभरका प्रयोगशालामा ११ हजार १ सय ६७ नमुना परीक्षण गरिएकोमा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो संगै मुलुक भर कोरोना संक्रमित हुनेको संख्या ४९ हजार २ सय १९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितहरु मध्ये ३ सय १२ जनाको अहिले सम्म मृत्यु भएको छ । ३३ हजार ८ सय ८२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९ सय १८ जना डिस्चार्ज भएका छन् ।