युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / आज महानवमी दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरि मनाईदै छ । यिनको उपासनाले सिद्धि प्राप्त हुन्छ भन्ने जनबिश्वास रहेकाे छ । महानवमीका दिन डाेटीकाे सिलगढीमा अबस्थित, गाेरखनाथ मन्दिर विशेष पुजाअर्चना हुने गर्दछ ।

चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ। यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास पनि गरिन्छ ।

नवमीमा पनि शक्तिपीठ तथा दशैँघरमा पशुबलि दिने परम्परा छ। पशुबलि नदिने वा शाकाहारीले भने  कुभिण्डो, घिरौँला र नरिवलकाे बली चढाउँछन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीकाे गण, गुल्म, छाउनीहरुमा माैलाे पुजा, हातहतियारकाे पुजा हुने गर्दछ भने त्यहा पशुवली, पञ्चवली दिने प्रचलन रहेकाे छ । आफुहरुले प्रयाेग गर्ने सवारी साधनकाे समेत आजकाे दिनमा पुजा आज गर्दै महानवमी पर्व मनाईदै छ ।

आज डाेटीकाे सिलगढी अबस्थित नेपाली सेनाकाे भैवरप्रसाद गण हुने नवमी पुजामा दर्शन गर्न सर्वसाधारणका लागि खुल्ला गरिएकाे हुन्छ । व्यारेक भित्र हुने माैलाे पुजा, देविहरुकाे पुजा, गाेरखनाथ बाबा मन्दिर दर्शन, भैरब मन्दिर दर्शन, त्रिपुरासुन्दरी भगवती दर्शन गर्न स्थानियहरुकाे बाक्लाे उपस्थिति रहने गर्दछ ।

दशैघर जमरा राखिएकाे स्थान संगै घरघरमा पशुवली तथा कुपुण्डाे घिराैलाबली दिने प्रचलन समेत डाेटीमा रहेकाे पाईन्छ । दिपायल सिलगढी नगरपालिकाे वडा नम्वर ७ मा रहेकाे भवरडाडा स्थित कालिका मन्दिर, उडिताेलाकाे भवानी मन्दिर, नगरकाे वडा नं. ५ काे भवानी मन्दिर, दिपायल स्थित डाेटेली राजाले स्थापना गरेकाे कालभैरव मन्दिर लगायतका क्षेत्रहरुमा विशेष पुजा तथा मेला लाग्ने गर्दछ ।

नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ। देवीका तीन रूपमध्ये महाकालीलाई शक्ति, महालक्ष्मीलाई श्री र महासरस्वतीलाई विद्याकी देवी मानिएको छ। नौ दिनसम्मको नवरात्र अनुष्ठान यो तिथि (महानवमी) मा सम्पन्न समेत गरिन्छ। नवदुर्गाको प्रसाद भने दशमीका दिन बिहान लगाइन्छ। नवरात्रमा व्रत गरेका व्यक्तिहरुले आज नव कन्यालाई नबदुर्गाकाे रुपमा पुजा गर्दै फुल टीका लगाईदिनुका साथै विभिन्न उपहार समेत दिने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय