डाेटी / हिन्दुधर्मालम्वीकाे प्रमुख चाड बडादशैकाे अष्टमीकाे अबशरमा डाेटीकाे प्रशिध्द शैलेश्वरी मन्दिर परिषरमा रहेकाे चण्डेश्वरी मन्दिरमा दुई सय भन्दा बढि पशुकाे बली चढाएकाे छ भने बैतडीकाे निङ्गलाशैनीमा ६ सय बढी पशुबली दिईएकाे छ ।
डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा नं. ६ स्थित चण्डेश्वरी मन्दिरमा १ सय भन्दा बढी बाेकाकाे बलि दिदै महाअष्टमी पर्व सम्पन्न भएकाे स्थानिय कृष्ण श्रेष्ठले बताए । गएका बर्षहरु मध्ये यस वर्ष न्यून संख्यामा बाेका बली भएकाे उक्त वडाका अध्यक्ष नरेश मलासीले बताए ।
पछिल्लाे समय बसाईसराईका कारण यसक्षेत्रमा बसाेबास गर्ने स्थानिय परिवार संख्या घटदाे क्रममा रहेका कारण पनि पशुबली दिनेकाे संख्या घट्दै गएकाे हुन सक्ने स्थानिय अनिल घर्तिले बताए ।
बैतडीकाे दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष अष्टमीका दिन जात्रा सम्पन्न हुने गरेकाे छ । यस वर्ष सप्तमीबाट सुरू भएको जात्रा महाअष्टमीमा सम्पन्न हुदा सम्म राँगा र बोकाको बलिसहित सम्पन्न भएको निङ्गलाशैनी धार्मीक सेवा समितिका कोषाध्यक्ष चक्र बहादुर बोहराले बताए । उनका अनुसार निङ्गलाशैनी भगवती मन्दिरमा यसबर्ष २ सय राँगा र ४ सय बोकाको बलि दिइएको छ । यी मन्दिरहरुमा दिईएका बली सार्वजनिक भन्दा पनि व्यक्तिगत बलि भएकाे स्थानियहरु बताउन्छन् ।
निङ्गलासैनीमा हरेक बर्ष हजारौँ दर्शनार्थीकाे भिड लाग्ने गर्दछ । उक्त क्षेत्रमा मेला भर्न नेपालका मात्र नभई छिमेकी मुलुक भारतबाट पनि बाक्लाे संख्यामा भक्तजनहरु आउने गरेका छन् ।