
डाेटी/ हिन्दुधर्मालम्वीहरुले विशेष महत्वका साथ लिने बडा दशैकाे समय चलि रहेकाे भए पनि डाेटी जिल्लामा भने दशैकाे राैनकता हराउदै गएपछि स्थानिय चिन्तित बन्न थालेका छन् ।
बडा दशैकाे समयमा जुन खालकाे रमाईलाे हुन्थ्याे, जस्ताे स्थानिय परम्परा थियाे सबै नासिदै गएकाे स्थानिय खेम गुरुङ्गले बताए । गुरुङ्ग भन्छन् – केही बर्ष पहिले सम्म पनि बडादशैकाे क्रममा नबरात्रीकाे समयभर विहान उठेर सूर्य उदय हुनु पुर्व नै समूह समूह बनाई टाेल बस्ती नजिक रहेका ढुङ्गेधारामा नुहाउन गईन्थ्याे अहिले त्याे परम्परा एकादेशकाे कथा भएकाे छ ।
दशै भन्ने बित्तिकै पढ्न वा राेजगारीका लागि परदेशीएका वा जिल्ला बाहिर भएका आफन्तीहरु जन्मघर सिलगढी पुग्दा बेग्लै रमाईलाे हुने गरे पनि केही वर्ष यता दशैका समयमा भित्रने भन्दा पनि सिलगढीमा नै बसाेवास गर्नेहरु धनगढी काठमाण्डाै जादा बस्ती थप सुनसान हुने गरेकाे स्थानिय कृष्ण श्रेष्ठ बताउन्छन् ।
दशै सुरु हुनु भन्दा करिब एक महिना पहिले देखि अष्टमी बलीका लागि घरघरमा बाेका पालिने, साथिभाई मिलेर बाेका चराउन जाने, चङ्गा उठाउने कुरा परम्परा जस्तै थियाे तर त्याे एकदेशकाे कथा भएकाे स्थानिय हरिसुन्दर श्रेष्ठ बताउन्छन् । श्रेष्ठ भन्छन् – यस बर्ष शैलेश्वरी मन्दिर परिषरमा रहेकाे चण्डेश्वरी मन्दिरमा परम्परा अनुसार बलीका लागि पुगियाे तर बाेका काटिदिने मान्छे भेटाउन समेत गाह्राे भयाे ।
दशै भन्ने बित्तिकै साथि भाइ भेटने आफन्ती भेटने, रमाईलाे गर्ने, दुखशुखका कुरा गरिने भए पनि साथिभाई र आफन्तीहरु नै जिल्ला भित्रन छाडेपछि दशैमा खासै राैनकता नरहेकाे स्थानिय प्रभु राजभण्डारीले बताए । उनी भन्छन् – उहिलेकाे दशै र अहिलेकाे दशैमा आकाश जमिनकाे फरक छ । घरहरु खालि छन्, यहाँका स्थानिय आउदैन् । केही कर्मचारी र विद्यार्थी बजारमा देखिन्थ्ये, दशैमा सबै घर जादा बजार अझै सुनसान हुँदै आएकाे छ ।
नबरात्री सुरु हुनु भन्दा एक महिना अघि देखि नै बाेका खसी पाल्ने, घर सरसफाई रंगराेकन गर्ने, समूह समुहमा मिलेर रमाईलाे गर्ने जस्ता कार्यहरु हुने गरेकाे भए पनि अहिले त्यस्ता परम्परा पुरै हराएकाे स्थानिय राजेन्द्र सिँहले बताए । सिँह भन्छन् – दशैमा त मान्छे हुन्छन् भन्ने हुन्थ्याे अहिले त त्याे पनि हरायाे ।
राणाकालिन अबस्थामा देशका चार प्रमुख गाैडा मध्येकाे एक गाैडा मानिएकाे, प्रमुख प्रशासकिय शहरकाे सबै रहर हराएकाे, टाेल बस्ती खालि हुन थालेकाे कुराले आफुहरु चिन्तित बनेकाे श्याम सुन्दर श्रेष्ठ बताउन्छन् ।
खाली हुँदै गएकाे बस्ति र स्थानिय परम्परालाई जाेगाउनका लागि सराेकारवालाहरुकाे ध्यान जानू पर्ने देखिन्छ । अहिलेकाे अबस्था झै दिन प्रतिदिन परम्परा नासिने हाे भने ठुलाे समस्या निम्तनसक्ने स्थानियहरु बताउन्छन् ।