डडेल्धुरा / विषादी सेवनबाट महाष्टमीका दिन आज बैतडीका एक जनाको ज्यान गएको छ।
तरकारीमा प्रयोग हुने विषादी सेवनबाट बैतडी जिल्लाको शिवनाथ गाउँपालिका –२ का ५५ वर्षिय गंगा सिंह मडैको ज्यान गएको हो ।
विषादी सेवनपछि उनी बेहोस भएका थिए । जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरा ल्याउदै गर्दा बोगडा भन्ने स्थानमा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
विषादी सेवनकाे कारण खुलेकाे छैन । उक्त घटनाका बारेमा थप अनुसन्धान भई रहेकाे प्रहरीले जनाएकाे छ ।