युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी   / नवरात्रको आठौं दिन, महाष्टमी, आज महागौरी देवीको पूजा–आराधना गरिँदैछ भने डाेटीकाे सिलगढी स्थित कालिका मन्दिरमा भक्तहरु बाक्लाे भिड लागेकाे छ ।

महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो। अघिल्लो दिन आराधना गरिने कालरात्रिको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन् । शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ । साँढेमा बसेकी यिनले एक हातमा त्रिशुल र अर्को हातमा डमरु लिएकी छिन् । अरु दुई हातले अभय र शान्त मुद्रा प्रदर्शन गरेकी छिन् ।

देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ । यो दिन मध्यरातमा दशैंघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ । आफ्ना परम्परामा ग्राह्य पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ । अष्टमीदेखि शक्तिपीठमा हुने घुइँचोसमेत बढ्छ ।​

आज प्रशिध्द शैलेश्वरी मन्दिर परिषरमा रहेकाे चण्डेश्वरी, कालिका मन्दिर, दिपायल स्थित काेट भैरब मन्दिर, जिल्लाका विभिन्न स्थानमा रहेका कालिका मन्दिर भवानी मन्दिर, भैरब मन्दिरहरुमा विशेष पुजा आर्चना हुदैछ ।

चण्डेश्वर मन्दिरमा सयाैकाे संख्यामा बाेकाकाे बली हुने प्रचलन रहेकाे र आज विहान देखि पुजा संगै बाेका बली समेत सुरु भएकाे स्थानिय कृष्ण श्रेष्ठले बताए । श्रेष्ठले भने – परम्परागत रुपमा चण्डेश्वरी मन्दिरमा विशेष पुजा र पशु बली हुन्छ । सिलगढीका स्थानिय संगै यश क्षेत्रमा बसाेवास गर्नेहरुले घरघरबाट बली दिने प्रर्था रहेकाे छ।

महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ । भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ । तान्त्रिक विधानअनुसार शस्त्रअस्त्र (हातहतियार) को पूजा गर्ने चलन पनि छ । नवरात्रका दिन नसक्नेले यो दिन दुर्गा सप्तशती पूरै पाठ गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय