
डाेटी / डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा नं. ६ काे पानीखाल भन्ने स्थानमा यात्रुवहाक जिप दुर्घटना भएकाे छ ।
डाेटीकाे झिग्राना देखी सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ६ जना घाईते भएकाे प्रहरी स्राेतले जनाएकाे छ ।
जिपमा १२ जना सवार रहेकाे बताईएकाे छ । त्यसमध्ये ६ जना घाइते भएका हुन् । घाइते हुनेमा सायल गाउँपालिका-३ का ५० वर्षीय भारमल खाती, ४५ वर्षीय माने खाती, ३० वर्षीय अमृत खाती, ३२ वर्षीय गम्भीरे खाती, पुर्विचौकी गाउँपालिका-२ का २४ वर्षीय दीपक ठकुल्ला र बाबा आनन्द गिरी रहेका छन् ।
घाईतेहरुकाे जिल्ला अस्पताल डाेटी मा उपचार भईरहेकाे छ भने एक जनालाई रिफर गरिएकाे छ । जिप सड्कमा नै पट्टीएकाे थियाे । दुर्घटनाकाे कारण भने खुलेकाे छैन । त्यसै जिप चालक फरार रहेका छन् ।