डाेटी / नवरात्रका नाै दिन सम्म अलगअलग देवीकाे आरधना गरि मनाउने क्रममा आज छैटौँ दिन शुक्रबार कात्यायनी देवीको पूजा आराधना गर्दै मनाईदै छ ।
नवरात्रकाे समयमा हरेक दिन देवीकाे अलगअलग स्वरुपकाे आराधना गर्ने परम्परा रहदै आएकाे छ । आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनी देवीकाे पूजा–आराधना गरिने मान्यता रहदै आएकाे छ ।
पुराणअनुसार कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन्। यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको उल्लेख छ । सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ । यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ।
नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ। घटस्थापना गरी जमरा राखिएका स्थान दशैँघर तथा शक्तिपीठहरूकाे दर्शन गरिन्छ । सुदुरपश्चिमकाे प्रशिध्द शैलेश्वरी मन्दिर, चण्डेश्वरी मन्दिर लगायतका मन्दिरहरुमा भक्तहरुकाे बाक्लाे भिड लागेकाे छ ।