
सिलगढी डाेटी / हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ महाशाखाले जनाएकाे छ । बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।
आज (शुक्रबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत् जानकारी दिएकाे छ ।
त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै सुदुरपश्चिम, कर्णाली प्रदेशका भूभागहरूमा माैसम सामान्यतया सफा रहने भएकाे छ ।