बझाङ / बझाङमा भैसीको पहिलाे पटक शल्यक्रिया गरिएकाे छ ।
जिल्लाकाे मष्टा गाउँपालिका – १ मँगल ऐडिको भैसीले थाेराे पाउन नसके पछि ‘सिजेरियन सेक्सन’ शल्यक्रिया गरेर बच्चा निकालिएको छ ।
बझाङका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यलय प्रमुख पशु चिकित्सक डा.बिनोद बहादुर कठायतको नेतृत्वमा भैँसीकाे सफलरूपमा शल्यक्रिया गरिएकाे छ । उनकाे साथमा अधिकृत कर्ण बहादुर खड्का ,जय बहादुर खड्का ,पशु प्राबिधिक सन्दिप ओड र लाल बहादुर बोहराको संयुक्त टाेलीले भैसीको शल्यक्रिया गरेकाे हाे ।
पारिवारिक स्राेतका अनुसार व्याउने भेैसी लडेर चोट लागेको थियाे । बच्चा बस्ने ठाउमा बच्चा नबसी तल्लो भागमा बच्चा बस्दा भेैसीले बेथा लागेपनि बच्चा जन्न्माउन नसके विज्ञहरूकाे टाेलीले बताएका छन् ।