
कञ्चनपुर/ कञ्चनपुरमा घाँटी रेटेर एक महिलाको मृत्यु भएको छ।
बुधबार बिहान जिल्लाकाे कृष्णपुर नगरपालिका – ४ बेल्कुण्डीकी ५५ वर्षिया किस्नी देवी डगौराको मृत्युु भएकाे ईलाका प्रहरी कार्यालय झलारीले जनाएकाे छ ।
पारिवारिक स्राेतका अनुसार डगाैरा आफैले धारिलो हतियारले घाँटी रेट्न खाेज्दा घाइते भएका कि थिइन् । उनको कैलाली स्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार घटना रहस्यमय रहेकाे छ । घटनाबारे थप अनुसन्धान भैरहेकाे छ ।