डोटी / समान पहुँच विकास केन्द्र (सिड) नेपाल, सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटी र वल्र्ड विजन इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा डोटी जिल्लामा सन् २०२४ मा संचालन हुने कार्यक्रमको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
डोटीमा लामो समय देखी सामाजिक क्षेत्रमा कृयाशिल रहेका उक्त संस्थाहरु मध्ये सिड नेपालले जिल्लाको आदर्श गाँउपालिका वडा नं. १, २, ३, ४, ५ र ७ सायल गाँउपालिकाको ४, ५ र ६, पुर्विचौकी गाँउपालिकाको १, २ र ३ त्यस्तै दिपालय सिलगढी नगरपालिकाको वडा नं. २ र ९ मा बालबालिकाहरु चौतर्फि विकासमा सहयोग पुराउने उदेश्यका साथ वालसंरक्षण तथा स्पोन्सरसिप परियोजना तथा संचालन गर्दै आएको छ । उक्त अंग्रेजी नयाँ वर्षमा संचालन गरिने क्रियाकलापहरुका बारेमा स्थानिय सरोकारवालाहरुलाई जानकारी दिने उदेश्यका साथ परिचयात्मक कार्यक्रम संचालन गरिएको सिड नेपाल डोटीका उक्त परियोजना प्रमुख शुनिल जोशीले जानकारी दिएका छन् ।
उक्त परियोजना अन्तरगत नयाँ अंग्रेजी वर्ष २०२४ मा बालबालिका सहयोग कार्यक्रम, बाल संरक्षण कार्यक्रम, समावेशी गुणस्तरीय शिक्षा कार्यक्रम, विभिन्न खेलकुद सम्वन्धीका कार्यक्रम, शैक्षिक विकास गर्ने कार्यक्रम, बालबालिकालाई नियमिति विद्यालय सम्म पुराउने कार्यक्रम लगायतका विभिन्न क्रियाकलापहरु संचालन हुने परियोजना प्रमुख जोशीले बताए ।
उक्त कार्यक्रममा कार्यक्षे सायल गाँउपालिका, आदर्श गाँउपालिका, पुर्विचौकी गाँउपालिका र दिपायल सिलगढी नगरपालिकाका प्रमुख तथा उपप्रमुख, स्थानिय प्रहरी प्रतिनिधि, प्रशासकिय प्रमुख, विषयगत शाखाका प्रमुख, शिक्षक, बालबालिका, अभिभावक लगायतको सहभागीता रहेको थियो ।