कञ्चनपुर/ कञ्चनपुरमा एक फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-४ का २० वर्षीय युबराज शाहु रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
दुई वर्षदेखि फरार रहेका शाहुलाई बुधबार साँझकाे समयमा घरबाटै पक्राउ गरिएकाे हाे ।
उनलाई २०७८ कार्तिक ७ गते जिल्ला अदालत कञ्चनपुरले चोरी मुद्धामा ९ महिना कैद सजाय फैसला गरेकाे थियो । त्यतिबेला देखि शाहु फरार रहेका थिए ।