
डाेटी / हाल देशमा पश्चिमी वायूको प्रभाव कायम रहेकाे छ । देशभर आंशिक देखी सामान्य बदली रही बागमती प्रदेशको केही स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
आज (बिहिबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएकाे छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।
आज राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम लगायतका केही प्रदेशमा अहिले बिहानी पखकाे माैसम सामान्यतया सफा रहेकाे छ ।