कैलाली / बन्यजन्तुकाे चाेरीसिकारी गर्नु एक कानुनी जघन्य अपराध हाे । वन ऐनअनुसार पनि प्रतिबन्ध लगाएकाे छ तर बुधबार कैलाली जिल्लकाे धनगढीमा चितुवाको छाला र चरेसकाे संलग्नतामा मुख्यमन्त्रीका प्रहरी सहायक हवलदारसहित तीन जनालाई प्रहरीले पक्राउ गरिएकाे छ।
पक्राउ पर्नेमा सुदुरपश्चिम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हबलदार करनबहादुर चन्द पक्राउ परेका छन् । त्यस्तै बाजुराको गौमुल गाउँपालिका–१ का २६ वर्षीय धनकृष्ण रोकाया र बुढिगंगा नगरपालिका–१० का ३० वर्षीय हेमराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
आज धनगढी उपमहानगरपालिका शहीदगेट रहेकाे एक होटलबाट प्रहरी हवलदारसहित तीनै जनालाई पक्राउ गरिएकाे हाे । घटनाकाेबारे थप अनुसन्धान भैरकाे प्रहरी स्राेतले जनाएकाे छ ।