युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

माेहन सिं ठकुल्ला
सिलगढी, डाेटी
दशैँ तिहारलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय डाेटीले ३ सय १२ जना सुरक्षाकर्मी परिचालन गरेकाे छ भने तडकभडक नगरि पर्व मनाउ डाेटीका प्रमुख जिल्ला अधिकारी गाेपालप्रसाद अर्यालले आग्रह गरेका छन् ।

चाडपर्वका हुन सक्ने सम्भावित समस्याहरुलाई मध्ये नजरगर्दै सुरक्षामा कडाइ गरिएकाे डाेटी प्रहरीले सुपअनलाईन बताएकाे छ । शहरी क्षेत्रमा मात्र नभई ग्रामीण भेगहरुमा पनि कडा सुरक्षा व्यवस्था मिलाईएकाे हाे । जिल्लाभर सुरक्षा व्यवस्था मिलाउन चार स्थानलाई सुरक्षाकमाण्ड रुपमा राखिएकाे छ ।
दिपायल सिलगढी नगरपालिका , शिखर नगरपालिका र पूर्वीचाैकी गाउँपालिका गरि तीन पालिकामा जिल्ला प्रहरी कार्यालयले हेर्ने उक्त कार्यालयका प्रहरी निरीक्षक (इस्पेक्टर) सिताराम बिष्टले बताए ।

त्यस्तै आदर्श गाउँपालिका र सायल गाउँपालिका गरि दुई पालिकालाई ईलाका प्रहरी कार्यालय आदर्शले हेर्ने गरि व्यवस्था मिलाईएकाे छ । त्यस्तै बड्डिकेदार गाउँपालिका र जाेरायल गाउँपालिकालाई ईलाका प्रहरी कार्यालयले बिपिनगरले हेर्ने छ भने बाेगटान फुड्सिल गाउँपालिका र के.आई. सिह गाउँपालिकालाई ईलाका प्रहरी कार्यालय दिपायलले सुरक्षा गर्ने प्रहरी निरिक्षक विष्टले जानकारी दिए ।

दशैँ तिहारकाे अवधिभर जिल्लाभरी पाँचओटा माेवाइल टाेली परिचालन गरिने भएका छन् । पैदलमार्ग बस्ती तथा स्थानहरूमा २६ वटा टिममा विभाजन गरि जिल्ला भरी १ सय ५ जना सुरक्षाकर्मी खटाएकाे प्रहरी निरीक्षक बिष्टले जानकारी दिएकाे छन् । थप सुरक्षाका लागि जिल्लालागी चारवटा क्षेत्रमा रिजव टाेलि समेत खटाएका छन् ।

यातायत व्यवस्थापनका लागी बुडर, तिलताली, तलकाेट, कुलपात्ते, सिलगढीकाे जिराे पाेइन्ट, जिप्रका सिलगढी र सानागाउँ गरि ७ स्थानमा ट्राफिक प्रहरी खटाईएका छन् भने उक्त क्षेत्रमा २७ जना सुरक्षाकर्मी परिचालित छन् ।

ततकाल कुनै समस्या आईपरे दशैँ र तिहार अबधिभरका लागी १५ वटा एम्बुलेन्स जुनसुकै समयमा पनि प्रयाेगमा ल्याइन सकिने गरि तयारी अबस्थामा राखिएका छन् । सम्भावित आगलागीका घटना व्यवस्थापनका जिल्लामा रहेकाे एउटा वरुणयन्त्रसंग समन्वय भएकाे डाेटी प्रहरीले जनाएकाे छ ।

ग्रामिण भेगहरूमा उत्पादनजन्य मदिरा बिक्रीवितरण भईरहेकाले कुनैपनि घटना नहाेस् भनेर आवश्यकता अनुरूप सुरक्षाकर्मी परिचालन गरेर सुरक्षामा कडाइ गरेकाे प्रहरी निरीक्षक सिताराम बिष्टले जानकारी दिएका छन् । भाैगाेलिक हिसाबले गर्दा सवारी दुर्घटना पनि हुने स्थान धेरै छन् । गाडिमा यात्रा गर्दा यात्रु र चालकहरूले विशेष ध्यान दिनुपर्ने बिष्टले बताएका छन् ।

जिल्ला सुरक्षा समितिले दशैँ तिहारकाे अबधिभर विशेष सुरक्षा याेजना बनाएकाे जिल्ला प्रशासन कार्यालय डाेटीले जानकारी दिएकाे छ ।

सुरक्षा याेजना प्रभावकारी कार्यान्वयन गर्दै गैरकानुनी रुपमा हुनै कुनै पनि कार्यलाई पुर्ण रुपमा नियन्त्रण गर्ने गरि आफुहरु तयार रहेकाे प्रमुख जिल्ला अधिकारी गाेपालप्रसाद अर्यालले बताएका छन् ।

सम्पूर्ण डाेटी जिल्लाबासीलाई हिन्दुधर्मालम्विहरुकाे बडा दशै शुभदिपावली र छट पर्वकाे शुभकामना दिँदै चाडपर्वमा मूल्यमान्यता अनुरूप कार्य गर्न र मदिरापान, जुवातास खेल्ने कार्य नगर्न प्रजिअ अर्यालले आग्रह गरे । परम्परागत मूल्यमान्यताका आधारमा आफ्नाे साँस्कृतिमा अनुरुप पर्व मनाउन समेत उनले आग्रह गरेका छन् । काेही कसैले कानून विपरित तडकभडक नगरी सद्भावना कायम राख्दै चाडपर्व हर्षउल्लाहसका साथ मनाउन समेत प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाबासीमा आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय