दार्चुला / दार्चुलामा करिव एक महिनादेखि बेपत्ता महिलाकाे मृत (कंगाल ) अबस्थामा फेला परेकाे छ ।
मृत फेला पर्नेमा जिल्लकाे नौगाड गाउँपालिका –१ बगडकी ४८ बर्षीया धानादेवी ठगुन्ना रहेकाेजिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ । मंगलबार उनकाे शव साेहि ठाउँ स्थित बिलासाै जंगलमा फेला परेकाे हाे ।
उनी गत असोज महिनाकाे ३ गते घरबाट निस्केर छोरीको घर जान्छु भनेर हिँडेकी थिइन् । साे समयदेखि उनी सम्पर्क विहिन भएकी थिइन् ।
उनको शरीरकाे कंकाल मात्रै फेला परेको छ । तर उनले पहिरिएकाे लुगा र झोलाबाट उनकै शव प्रमाणित भएको प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।
उनकाे मृत्युको कारण भने खुलेकाे छैन् । घटनाकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।