
बैतडी –बैतडीमा जिप र कार एकआपसमा जुधेका छन् ।
आज (बुधबार) साँझ ५ बजेकाे समयम जिल्लाकाे दोगडाकेदार ३ महाकाली राजमार्ग अन्तर्गत तारलमा जिप र कार एकआपसमा ठाेकिन् पुगेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार खोचलेकबाट सतबाँझतर्फ आइरहेकाे म १ ज १४४ नम्बरको बोलेरो जिप र धनगढीबाट दार्चुलातर्फ गइरहेको बा १२ च २६१८ नम्बरको कार ठाेकिन पुग्दा सामान्य क्षति पुगेकाे जानकारी दिएकाे छ ।
जिप र कारमा सवार यात्रु भने सकशल रहेका छन् । जिपमा सवार ५ जना थिए भने कारमा सवार ४ जना गरी जम्मा ९ जना यात्रु रहेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ