दार्चुला / दार्चुलामा चरेससहित बझाङका दुई जना पक्राउ परेका छन् ।
बझाङ जिल्लाको बुङ्गल नगरपालिका–७ का ३६ वर्षीय उज्जल बोहरा र सोही स्थानका २८ वर्षीय रामबहादुर बोहरा चरेससहित उनीहरूलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।
आज (बुधबार) बिहान उनीहरू दुई जनालाई एक किलो ६ सय ग्राम चरेससहित दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तिबाट पक्राउ गरिएकाे हाे ।