कञ्चनपुर/ कञ्चनपुरकाे बेलौरी नगरपालिका-६ बेलौरीमा दुई जनालाई लागू ओैषधसहित पक्राउ गरिएकाे छ ।
उनीहरूलाई बजारको खुला मञ्चबाट ०.३७ ग्राम लागूऔषधसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ पर्नेमा मंगलबार सोही नगरपालिका-४ का २६ वर्षीय टेकबहादुर चौधरी रहेका छन् ।
अर्का एकजना भारतीय व्यक्ति लागू ओैषधसहित आज (बुधबार ) बिहान पक्राउ परेका छन् । उनलाई बेलौरी नगरपालिका-७ नकैयाबाट ९.७८ ग्राम लागूऔषधसहित पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय बेलाैरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा पिलिभित भगवानपुरी थाना वेहला ग्राम भारतका ४० वर्षीय महेन्द्र सिंह रहेका छन् । दुबै घटना विरूद्व थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।