डाेटी / आज नवरात्रको चौथो दिन दशैँ घर र पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्दै मनाईदै छ ।
आश्विन शुक्ल चतुर्थीका दिन आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापकाे अधिपती कुष्माण्डा देवीकाे शरणमा पुगी पुजाआरधना गर्नाले तीनै प्रकारका ताप देवीले हरिदिने जनविश्वास रहेकाे छ । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ।
पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ। दोस्रो दिन ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ । तेस्रो दिन चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएकाे छ । चौँथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यीनै नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ। नवरात्रभर डाेटीकाे शैलेश्वरी मन्दिर, चण्डेश्वर मन्दिरमा विशेष पुजाका साथै भक्तहरुकाे बाक्लाे भिड लाग्ने गर्दछ । आज पुजा गरेपश्चात “ॐ ऐं हीं क्लीं कुष्माण्डायै नम: ” मन्त्रकाे जप गर्नु राम्राे मानिन्छ ।