
काठमाडौं / हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।
आज (बुधबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेकाे जानकारी दिएकाे छ ।
त्यस्तै आज रातीकाे समयमा देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।