
बैतडी/ बैतडीकाे मेलौली नगरपालिका -३ बागगोठ बस्ने एक किशोरीलाई करेन्ट लाग्दा घाइते भएकी छन् ।
मंगलबार साेहि ठाउँका करन बागकी छोरी १७ वर्षिया कमला बागलाई दिउँसो २ बजे करेन्ट लाग्दा घाइते भएकी हुन् ।बागगोठ जंगलमा बाख्रा चराउन गएका बेला चुंडिएर लत्रिएको बिजुलीको तार छुँदा उनलाई करेन्ट लागेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ । किशोरीकाे नाक,मुख, हात र खुट्टामा जलेकाे छ । उनकाे स्वास्थ्य अबस्था मध्यम रहेकाे छ ।
घाइते किशोरीको केशपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भैरहेको प्रहरीले जनाएकाे छ ।