डाेटी / कैलालीबाट डोटीको बड्डीकेदारका लागि छुटेकाे बस दुर्घटना भएकाे छ ।
कैलाली जिल्लाकाे जोशीपुरदेखि डोटीको बडिकेदार जाँदै गरेको सु.प.प्र.०१००१ख २३४५ नम्बरको बस दुर्घटनामा परेकाे हाे ।
सुपर गुरास यातायातको बस चुरे गाउँपालीका ३ सहजपुरमा दुर्घटना भएकाे ट्राफिक कार्यालय अत्तरियाले जनाएकाे छ ।
बसमा सामान्य क्षती भएपनी सवार यात्रु सकुशल रहेका छन् ।
उक्त बस अनियन्त्रीत भएर सडकको नालीमा खसेको प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।