युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । यस वर्ष डेंगुको जोखिम दसैं–तिहारसम्म रहने स्वास्थ्यविज्ञले बताएका छन् । जनस्वास्थ्यविज्ञ दिपक खनालका अनुसार यो वर्षको डेंगु कात्तिक अन्तिमसम्म रहने छ । वर्षा रोकिएपछि हाल डेंगुको संक्रमण फैलिरहेको छ, खनालले भने, यो क्रम कात्तिक अन्तिमसम्म रहन्छ ।

डेंगुको संक्रमण सबैभन्दा बढी कोशी प्रदेशअन्तर्गत सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा ७ हजार ८९ जना डेंगुबाट संक्रमित छन् । साथै, मोरङमा १ हजार ५ सय ९१, धादिङमा १ हजार २ सय दुई, झापामा ८ सय ९६, कास्कीमा २ सय ४७, धनकुटामा २ सय ३६, काठमाडौंमा १ सय ९६, दार्चुलामा १ सय ९४, संखुवासभामा १ सय ५६ तथा चितवनमा ९० जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यो वर्ष हालसम्म मुलुकभर देखिएको कुल संक्रमणको ५४ दशमलव २५ प्रतिशत सुनसरीमा देखिएको छ । कोशी प्रदेशमा मात्रै ७६ दशमलव १० प्रतिशत संक्रमण फैलिएको छ । ७५ जिल्लामा देखिएको डेंगुका कारण १३ जनाको मृत्यु रेकर्ड गरिएकामा १० जना धरानका मात्रै छन् । यो वर्ष सुनसरीपछि कुल संक्रमणको १० दशमलव ९ प्रतिशत मोरङमा, १० प्रतिशत धादिङमा, ६ दशमलव ४ प्रतिशत झापामा देखिएको छ ।

गत वर्ष अगस्टमा देशभरमा ३ हजार ७ सय ८ जनामा संक्रमण देखिएकोमा यस वर्षको अगस्ट २९ सम्म १२ हजार ७ सय ९६ मा संक्रमण देखिएको छ । गत वर्ष सबैभन्दा बढी सेप्टेम्बरमा २७ हजार ५ सय २९ संक्रमण देखिएर क्रमशः कम हुँदै डिसेम्बरमा ४ सय ८३ केसमा पुगेको थियो । २०२२ मा जम्मा ५४ हजार ७ सय ८४ मा संक्रमण देखिँदा ८८ जनाको ज्यान गएको थियो ।

नेपालमा पहिलोपटक डेंगुमा संक्रमण सन् २००४ मा चितवनमा फेलापरेको थियो । त्यसपछि बर्सेनि नेपालमा डेंगुका समस्या देखिँदै आएको छ । सन् २००६ मा तराईका नौ जिल्लामा फैलिइसकेको थियो । सन् २००६ मा ३२ जनामा संक्रमण देखिएको थियो भने सन् २००७ मा २७ जना, सन् २००८ मा १० जनामा संक्रमण देखिएको थियो । सन् २००९ मा डेगु सार्ने लामखुट्टेको पहिचान काठमाडौंमा भएको थियो । जसको एक वर्षपछि राजधानीमा एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसपछि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४० जनामा संक्रमण देखिएको थियो । त्यस्तै, सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो ।

गत वर्ष मुलुकभर कुल डेंगुको ५५ प्रतिशत काठमाडौं उपत्यका र २५ दशमलव ७७ प्रतिशत काठमाडौं जिल्लामा देखिएको थियो भने यसपटक यहाँ फाट्टफुट्ट संक्रमण देखिएको छ । हालसम्म काठमाडौं उपत्यकामा देशभर देखिएको कुल संक्रमणको ३ दशमलव ५५ प्रतिशत र काठमाडौंमा मात्रै २ दशमलव शून्य ५ प्रतिशत देखिएको हो । यो वर्ष हालसम्म काठमाडौंमा ४ सय २५, ललितपुरमा १ सय ७४ र भक्तपुरमा १ सय ३४ मा संक्रमण देखिएको छ ।
राजधानी दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय