
बैतडी/ बैतडीमा ट्याक्टर दुर्घटना भएकाे छ । जिल्लाकाे मेलाैली भगवती मन्दिर नजिक ट्याक्टर दुर्घटना भएको हाे । आज ( मंगलबार ) बिहान ८ बजे म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुँदा तिन जना गम्भिर घाईते भएका छन् ।
घाईते हुनेमा चालक कैलालीमा नारायण चौधरी, कैलालीका घोडाघोडीका भुवन सिंह थापा , र बैतडीको दागडाकेदार-५ का गगन सिंह कार्की रहेकाे जिल्ला प्रहरीले कार्यालय बैतडीले जनाएकाे छ ।
घाइतेहरुको मेलौली केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । ट्याक्टर मन्दिरको गेट निर्माणका लागी सामान लैजादै गर्दा दुर्घटनमा परेको हो । घटना बारे थप अनुसन्धान भैरहेको छ ।