
समाचार एजेन्सी / कोरोना भाइरसविरुद्ध बनाइएको भ्याक्सिनबाट एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड युनिभर्सिटीले क्लिनिकल ट्रायल स्थगित गरेको छ ।
अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको भ्याक्सिनको प्रतिक्षा भइरहेको बेला यो घटनाले ठूलो धक्का लागेको बीबीसीले बताएको छ ।
हाल विश्वभरमा करिब एक दर्जन स्थानमा कोरोनाविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायल जारी छ । तर जानकारहरुका अनुसार अक्सफोर्ड विश्वविद्यालयको ट्रायल सबैभन्दा अगाडि छ । विश्वविद्यालयले तेस्रो चरणको ट्रायल गरिरहेको थियो र अक्सफोर्डकै भ्याक्सिन बजारमा सबैभन्दा पहिलो आइपुग्ने अपेक्षा गरिएको थियो ।