
जनकपुरधाम – बैतडी घर भएका एक सैनिक जवानको मृत्यु भएको छ । सैनिक जवान समेत रहेका विक्रमसिंह बोहराकाे धनुषा र महाेत्तरी जाेड्ने पुलमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
धनुषा र महोत्तरी जोडने रातूखोला पुल तलतिर बोहरा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
धनुषाको धारापानीस्थित ब्यारेकमा कार्यरत सैनिक जवान बोहराको उक्त क्षेत्रमा शव फेला परेको र घटना बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।