
दार्चुला / दार्चुलामा एक ५० वर्षीय महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको दुहुँ गाउँपालिका–१ बाच्पालीका जयन्ती महरा रहेकी छन् । उनकाे भिरबाट खसेको ढुङ्गा लागेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।
उनी आइतबार दिउँसो घाँस काट्न भनी घरभन्दा ५०० मिटर टाढा रातापोड भन्ने स्थानमा गएकी थिइन् । घाँस काट्ने क्रममा भिर माथिबाट ढुङ्गा खसेर टाउकोमा चोट लाग्दा जयमती गम्भिर घाइते भएकी थिइन् । आइतबार साँझ घाइते जयमतीको उपचारकाे क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।