डोटी / कोभिड १९ का कारण डोटी जिल्लामा भाद्र २८ गते सम्मका लागी स्थानिय प्रशासनले निषेध आदेश जारी गरेको भए पनि निषेधआज्ञाको उलंघन गदै मदिरा ओसारपसार गर्न लागेको जिप सहित मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ ।
दिपायलबाट शिखर नगरपालिकातर्फ गईरहेको से १ च १९२४ नम्बरको मदिरा सहितको जीपमा इलाका प्रहरी कार्यालय दिपायलको टोलीले दिपायल सिलगढी नगरपालिका बडा नं. ४ कुलपातेबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
३५ पेटी लिचि नामक मदिरा सहित नियन्त्रणमा लिईएको जिप अहिले ईलाका प्रहरी कार्यालय दिपायलमा रहेको उक्त कार्यालयका इञ्चार्ज सई रमेश शाहीले बताए । निषेधआज्ञा जारी रहेको समयमा अत्यावश्यक बाहेक सवारी, बजार, व्यवसाय संचालन गर्न नपाईने व्यवस्था रहेको छ ।